
फाइल तस्बिर ।
कात्तिक ३० :
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चर्किँदै गएपछि सात दलीय गठबन्धनका सांसदहरूले आइतबार पनि सडकमा उत्रिएर धर्ना दिएका छन्। नेपाली काँग्रेससहित गठबन्धनका सांसदहरू मधेश प्रदेश सभा भवनअगाडि बाटो अवरुद्ध गर्दै धर्नामा बसेका हुन्।
सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरको चौरमै वैकल्पिक रूपमा प्रदेश सभा बैठक सञ्चालन गरेका थिए।
गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटलमै शपथ गराएपछि सात दल निरन्तर विरोधमा उत्रिएका हुन्। मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।