काठमाडौं, कात्तिक ३० :

नेपाल ट्रस्टको लिज सम्झौता विवादले चुलिँदै जाँदा पूर्वसचिव अर्जुन कार्कीलाई सीआईबीले पक्राउ गरेको छ। ट्रस्टको सम्पत्ति भाडामा दिने प्रक्रियामा अनियमितताको आशंकामा आइतबार साँझ पक्राउ गरिएको हो।

यसअघि पनि सोही घटनामा संलग्न देखिएका तत्कालीन सचिव लेखबहादुर कार्की पक्राउ परेका थिए। दुवै जनामाथि ट्रस्टका नाममा दर्ता जग्गालाई हानिनोक्सानी हुनेगरी लिजमा दिएकाे दाबी गर्दै अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

दरबारमार्गस्थित ट्रस्ट सम्पत्तिसम्बन्धी लिज सम्झौतामा अनियमितता भएको प्रारम्भिक संकेत पाएपछि ब्यूरोले फाइल खोतल्दै गएको छ।