काठमाडौं, मंसिर १ :

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले यही मंसिर ७ गतेबाट सुरु गर्ने अनिश्चतिकालीन आन्दोलनका बारेमा जानकारी गराएको छ ।

अभियानका अगुवा दुर्गा प्रसाईंलेले सोमबार पत्रकार सम्मेलन गरी आफूहरुको आन्दोलनको उदेश्यका बारेमा जानकारी गराइरहेका छन् । उनले आफूहरुले उठाएका २६ वटा सबै माग नेपाली दाजुभाई दिदीबहिनीका माग भएको दाबी गर्दै २० लाख भन्दा मुनिका सबैको ऋण मिनाह गर्न सरकारलाई आग्रह गरे ।

देश नागरिक विहिन हुने अवस्था पुगेको जनाउँदै चिन्ता व्यक्त गरे ।४१ हजार परिवार मारवाडी भएको बताए । ती मध्ये १६ परिवारको नियन्त्रणमा देशका सम्पूर्ण बैक तथा वित्तिय संस्थाहरु रहेको प्रसाईंको भनाइ थियो ।  उनले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने दाबी गर्दै सुरक्षाकर्मीलाई पनि चुप लागेर बस्न आग्रह गरे।