
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमै जनकपुर बोल्टका ओपनर आसिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा काठमाडौं गोर्खाजविरुद्धको खेलमा आसिफले ३७ बलमा अर्धशतक बनाउँदै ६ चौका र १ छक्कासहित ५४ रन जोडे।
काठमाडौंका बलर मिलिन्द कुमार खेलको सुरुवातदेखिै चम्किँदा जनकपुरको शीर्ष क्रम धरामर परेको हो। उनले कप्तान अनिल साहलाई शून्यमै गेरहार्ड इरास्मसमार्फत क्याच आउट गराउँदै प्रारम्भिक दबाब सिर्जना गरे। त्यसपछि लाहिरु मिलन्था १२ बलमा ७ रन बनाएर जॉन सिम्पसनमार्फत क्याच आउट भए।
जान निकोल लोफ्टी–इटन समेत मिलिन्दकै बलमा बोल्ड भएपछि जनकपुरको ब्याटिङ लाइनअप थप संकटमा पर्यो। मिलिन्दले एकै हातले ३ विकेट झारेका छन्। सन्तोष यादवले एक विकेट थप्दै सञ्जय कृष्णमूर्ति बोल्ड गराए।
१५ ओभरपछि जनकपुर ५ विकेट गुमाई ८५ रनमै अल्झियो ।