ललितपुर, मंसिर २ :

नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सांसदहरुको  बैठक बस्दैछ ।

आज दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्ने बताइएको छ ।

नेकपा एमाले पार्टीले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै आएको छ ।  संसद विघटन असंवैधानिक भन्दै एमालेले विभिन्न चरणका जनपरिचालन गरिरहेको छ । तर अदालतमा भने यो विषय प्रवेश नभएको भनेर नागरिक समाज र प्रवुद्ध वर्गबाट सुझाव आएकाले निष्कर्षमा पुग्न बैठक डाकिएको एक नेताले बताए ।

आजको बैठकमा यो विषयलाई लिएर अदालत जाने किन नजाने भन्नेमा छलफल केन्द्रित हुने बताइएको छ ।