काठमाडौं, मंसिर ३ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको  केन्द्रिय समिति बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बस्दैछ । बैठकका लागि विभिन्न १० वटा  एजेन्डा तय गरिएको छ ।

बैठकमा  समसामयिक राजनीति,संवाद एवं सहकार्यका लागि पहलबारे छलफल हुने बताईएको छ । बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको बारेकमा जानकारी समेत गराइनेछ । त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा समेत गरिने कार्यसूची छ । विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारीत गर्ने समेत बताईएको छ ।

बैठकले वाचापत्र कार्यदल विस्तार गर्ने,संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न बैठकले निर्देशन दिनेछ ।  बैठकले निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्न मिडिया अध्ययन कार्यदल गठन गर्नेछ ।
 
त्यस्तै राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने राजनीति अध्ययन कार्यदल समेत आजकव बैठकले बनाउनेछ ।

उम्मेदवार छनौट सिफारिस समिति विस्तार, रूपन्देही-३ को उम्मेदवार सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।   केन्द्रीय संगठन विभागबाट ठूला एवं वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीतिक अध्ययन गर्ने राजनीतिक दल-संगठन अध्ययन कार्यदल निर्माण गर्ने सम्बन्धमा तथा जेन-जी युवा लक्षित अभियान सम्बन्धमा पनि छलफल हुनेछ ।