बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति भिडियो

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न ओलीको माग

स्वेच्छाचारी ढंगले रातिराति गिरफ्तार गर्न पाइँदैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ मंसिर, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न ओलीको माग
काठमाडौं, मंसिर ३ :

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन्  । 

एमालेले बुधबार काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । 

बिना अपराध प्रसाईंलाई स्वच्छाचारी ढंगले रातिराति गिरफ्तार गरेर सरकारले तमासा देखाएको आरोप लगाए। प्रसाईंको गिरफ्तारले मानव अधिकारको उल्लङघन भएको ओलीको आरोप लगाए । जेनजी भनेर जे पनि गर्न पाइने हो? भनी ओलीले प्रश्न गर्दै जेनजीको नाममा लुटपाट, चोरीडकैती भइरहेको  बताए ।

ओलीले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने बताए । घोषित आन्दोलनका बारेमा पत्रकार सम्मेलन गरेकै राति  प्रसाईंलाई प्रहरीले घरबाट नियन्त्रणमा लिएको थियो । उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार अनुमति दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार