काठमाडौं, मंसिर ३ :

नेकपा एमालेका नेता महेश बस्नेतले सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले प्रधानमन्त्रीको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भएको आरोप लगाएका हुन् ।

उनले एमालेलाई जनतामा गएर देशलाई अघि बढाउने अभियान सञ्चालन गर्न कसैले रोक्न नसक्ने जिकिर गरे ।

बस्नेतले नेता बन्न रहर भए प्रतिष्पर्धाबाट आउन चुनौती समेत दिए । बस्नेतले अहिले जेनजीका नाममा अराजक प्रवृति मौलाउन खोजेको बताए ।

उनले आगामी महाधिवेशनमा केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाएर पार्टी र देशलाई अघि बढाउने उल्लेख गरे ।