
नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।
बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका बिषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्ने घोषणा गरेको नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्छ गर्दैन भन्ने चासो छ । एमालेले मङ्सिर ६ गते काठमाडौंमा प्रदर्शन गर्दैछ । आजको बैठकमा यो विषयमा समेत छलफल हुने बुझिएको छ ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ ।
महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दैछ ।