शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्‍यो

शनिबार दिउँसो १ बजे बस्ने
· बिहीबार, ४ मंसिर, २०८२ मा प्रकाशित
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्‍यो
काठमाडौं, मंसिर ४ :

आज दिउँसो बस्ने भनिएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्ण प्रसाद पौडेलले आज सूचना जारी गर्दै शनिबार दिउँसो एक बजे सम्मका लागि सारिएको जानकारी दिएका हुन् । गत बिहीबारबाट सूचना टाँसेर तीन पटक सारिएको बैठक फेरि आज पनि सूचना टाँसेर सारिएको हो ।

उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बस्ने भएकोले केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य,आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो ।

त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार रोकेर शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाए । त्यो समयमा भएका आन्तरिक प्रयासमा कुरा नमिलेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि सारियो ।

कार्यवाहक सभापति खड्काले गरेका प्रयासले सोमबारसम्म कुनै सहमति हुन नसकेपछि बैठक आज सम्मका लागि सारिएको थियो । सहमति हुन नसक्ने अवस्था रहेकोले आजको बैठक पनि सारिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार