काठमाडौं, मंसिर ५ :

नेकपा एमालेले काठमाडौंमा आज कार्यक्रमको आयोजना गर्दै नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ ।

पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि  माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा  फोर्स घोषणा सभा गरिने सो पार्टीले जनाएको छ ।  बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको  जनाइएको छ ।

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेको भनाई छ  ।

फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्य रहेको एमालेले बताएको छ ।


पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज घोषणा गर्ने फोर्स प्रदेश र जिल्लामा पनि  बनाइने एमालेको तयारी छ ।