
फाइल तस्बिर ।
काठमाडौं, मंसिर ५ :
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा आज प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाइएको छ ।
प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई गृह मन्त्रालय मातहत ल्याउन सरकारले यो अध्यादेश ल्याएको हो ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।