काठमाडौं, मंसिर ६ :

नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा आयोजना गरिएको हो ।  एमालेले आजको कार्यक्रमलाई शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा भनेको छ ।

नेकपा एमालेले भने वडा,पालिका,जिल्लाका सदरमुकाम हुँदै आज शनिबार काठमाडौँमा केन्द्रीयस्तरको कार्यक्रम गरेर जनप्रदर्शन गर्न लागेको हो । जन सभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

एमालेका नेता,कार्यकर्ता,जनसंगठन,सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ ।

प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने बताइएको छ ।

एमालेले संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै आएको छ ।  हिजो सो पार्टीले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको थियो ।