शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
खेलकुद फुटबल

नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान
काठमाडौं, मंसिर ७ :

इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई बिदाइ गरिएको छ ।

गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले बिदाइ गरे ।

यही मङ्सिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्भा) र सविता रानामगर सहभागी हुने छैनन् ।

महासचिव राईले भनिन्, ‘महिला फुटबललाई अघि बढाउन क्लबमा आधारित संरचनामा लग्यौ, परिणामस्वरूप अहिले हामीसँग अहिले १० वटा टोली छन् । हालैका  केही अन्तर्राष्ट्रिय खेलबाट हामी उत्कृष्ट नतिजा पाउन सक्छौं भन्ने देखिएको छ ।  

टोलीका प्रमुख प्रशिक्षक नवीन नेउपानेले इन्जुरिका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताइन् । टोलीकी कप्तान एञ्जिला सुब्बाले यसप्रकारका प्रतियोगिताले आफूहरुलाई सहयोग पुग्ने धारणा राखिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार