
काठमाडौं, मंसिर ७ :
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वको समूहबीच एकता घोषणा सभा भइरहेकोछ। राजधानीमा जारी घोषणा सभा कार्यक्रममा नेताहरुले आ-आफ्नो भनाइ राखिरहेका छन् ।
सो पार्टीको चुनाव चिन्हका रूपमा ‘आँखा’ रहने छ भने झण्डा तय गर्ने काम अझै बाँकी रहेको जनाइएको छ। महाधिवेशनसम्मका लागि करिब ५/६ सदस्यीय अध्यक्षमण्डल रहनेछ। घोषणाअघि तीनै पक्षले छुट्टाछुट्टै बैठक गरी एकता तयारी पूरा गरेका छन्।