शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति भिडियो

आन्दोलनमा बल प्रयोग गर्ने र तोडफोडमा संलग्नलाई कारबाही गर्न जेनजी २.० समूहको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
आन्दोलनमा बल प्रयोग गर्ने र तोडफोडमा संलग्नलाई कारबाही गर्न जेनजी २.० समूहको माग
काठमाडौं, मंसिर ७ :

जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ ।

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेन जी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो । 

त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । जेन जी २.० समूहका प्रवक्ता अविन लिम्बुले गृहमन्त्रीको छलफलका क्रममा जेनजी आन्दोलनमा भएका घटनाको दोषीलाई कारबाही गर्न माग गरिएको बताए । त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफूहरुले बताएको उनले बताए ।

लिम्बुले आफूहरुको समूह देशभर विस्तार गरिएको जानकारी दिए । जेन जी टु ले आगामी मंसिर १२ गते माइतीघरमा सहिदहरुको सम्झनामा मौनधारण गर्दै गृहमन्त्री लगाएत अन्य मन्त्रीहरुलाई माइतीघरमा नै जेनजीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार