
काठमाडौं, मंसिर ७ :
सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
राजदूत फिर्ता प्रकरणमा अदालतको आदेश अवहेलना भएको आरोपमा दर्ता भएका निवेदनहरूमाथिको प्रारम्भिक सुनुवाका क्रममा यस्तो आदेश भएको हो ।
न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले प्रधानमन्त्री कार्कीलाई किन अदालतको अवहेलनामा कारबाही नगर्ने भन्ने सम्बन्धमा लिखित स्पष्टीकरण माग गरेको हो।
अधिवक्ता डा. प्रेमराज सिलवालले राजदूत पुनः फिर्ता गर्ने सरकारी निर्णयले सर्वोच्चको पूर्व आदेश पालना नगरेको दाबी गर्दै अवहेलनामा कारबाहीको मागसहित दुई थान निवेदन दर्ता गरेका थिए। लिखित जवाफकाे आधारमा अदालतले अगाडिको प्रक्रिया तय गर्नेछ।