
काठमाडौं, मंसिर ८ :
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता गर्ने दलको सङ्ख्या ५६ पुगेको छ ।
आइतबार मात्रै थप १६ दल दर्ता भएसंगै ४० वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार दर्ता हुने दलमा नेपाली कांग्रेसले पनि निर्वाचनमा भाग लिन दल दर्ता गरेको छ । यस्का साथै नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी रहेका छन् ।