जनकपुर, मंसिर ९ :

देशभर राम-सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

त्रेया युगमा भए जस्तै विवाह पञ्चमी महोत्सवको मुख्य दिन आज  राम र जानकीको विवाह गर्ने प्रचलन छ । सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।

आज दिउँसो एतिहासिक रंगभूमि मैदान बाह्र बिघामा राम र जानकीको स्वयम्बर गरिएको छ ।दिउँसो साधुशन्तको अगुवाइमा  जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर भव्य रूपमा स्वयम्बर भएको हो ।

डोला र स्वयम्बरको दर्शन गर्न बाह्रबिघा मैदानसम्म दर्शनार्थीको भीड छ । स्वयम्बरको बेला हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको छ । वैदिक परम्परा अनुसार रातभर विवाहको काज हुने छ ।