
ललितपुर, मंसिर १० :
नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा १३ वटा विभिन्न उपसमितिका संयोजकहरूको पनि सहभागिता रहेको छ । महाधिवेशन तयारीका लागि महाधिवेशन सचिवालय बैठक बसेको हो ।
एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गते काठमाण्डौंमा हुने तय भएको छ ।