नेकपा एमालेले यही मंसिर २७–२९ गतेसम्म हुने ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह भक्तपुर सल्लाघारीमा गर्ने निर्णय गरेको छ।
यसअघि महाधिवेशन भृकुटीमण्डपमा गर्ने तयारी भए पनि आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको महाधिवेशन तयारी सचिवालय बैठकले स्थान परिवर्तन गर्दै सल्लाघारीलाई उद्घाटनस्थलका रूपमा तोकेको हो।
महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमै आयोजना हुनेछ। महाधिवेशनका लागि प्रस्तावित तीन सम्भावित स्थान खुलामञ्च, भृकुटीमण्डप र सल्लाघारीमध्ये सल्लाघारीलाई अन्तिम रूपमा छानिएको नेता डा. भिष्म अधिकारीले जानकारी दिएका छन्।
त्यसैगरी, महाधिवेशन तयारीका लागि गठन गरिएका १२ वटा समितिहरूले आफ्नो क्षेत्राधिकारभित्रका गरिएका काम र बाँकी तयारीबारे बैठकमा प्रतिवेदन प्रस्तुत गरेका छन्।
यो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनेर टक्कर दिने भएका छन् । उनले ओलीको कार्यशैलीबाट रुष्ट बनेकाहरुलाई आफ्नो प्यानलमा एकताबद्ध गरेका छन् । कुनै समय ओलोको नजिक मानिएकी पूर्वराष्टपति विद्याभण्डारी पनि पोखरेलको प्यानलमा पुगेकी छन् । उनको सदस्यता नवीकरण नगरेपछि नेतृत्वप्रति रुष्ट बनेकी हुन् ।