.jpg)
जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा भारतको अयोध्याबाट आएका जन्तीलाई परम्परागत रामकलेवा कार्यक्रममार्फत विधिपूर्वक खाना ख्वाइएकाे छ।
मिथिला परम्परा अनुसार जन्तीलाई ‘सन्तुष्ट हुने गरी’ भव्य सत्कारसहित भोजन गराइने चलन छ । यसअघि मुख्य दिन मंगलबार राम–जानकी विवाह वैदिक विधिअनुसार सम्पन्न भएको थियो। रातभर चलेको विवाह संस्कारले जनकपुरधामलाई पुनः त्रेतायुगको दिव्य वातावरणमा रूपान्तरण गरेको थियो।
मंगलबार दिउँसो ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा राम–जानकीको स्वयम्बर भव्य रूपमा सम्पन्न भयो। साधु–सन्तको अगुवाइमा जानकी मन्दिरबाट निस्किएको डोला जुलुस रंगभूमि मैदान पुगेपछि स्वयम्बर समारोह विधिपूर्वक गराइएको थियो।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तिम चरणतर्फ अघि बढ्दै गर्दा अयोध्याबाट आएका जन्तीलाई गरिएको आजको सत्कार कार्यक्रम महोत्सवको विशेष आकर्षण बनेको छ।