प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ ।
वर्तमान सरकार जेनजीको भावना विपरीत अघि बढ्न खोजेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ सो समूहले बुधबार प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री राजीनामा देउ, जेनजीका माग पुरा गर, दोषिलाई कारवाही गर लगाएतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री निवासको गेटबाहिर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई त्यहाबाट हटाएको थियो । सो क्रममा जेनजी अगुवा मिराज ढुंगानाले जनेजी आन्दोलनको मर्म विपरीत सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत भएकाले आफूहरु विरोधमा उत्रिएको बताए । उनले आफूहरुले अघि सारेको ९ बुँदे मागमा सम्बोधन नभएसम्म विरोध जारी रहने भन्दै अहिलेको अवस्थामा हुने निर्वाचनले देशलाई निकास नदिने उल्लेख गरे। उनले जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर्नुपर्ने, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा भएको दमन र आगजनीमा संलग्नमाथि काराबाही हुनुपर्ने उनीहरुले जनाएका छन् । यसअघि मंगलबारपनि सो समूहले सिंहदरबार आसपास प्रदर्शन गरेका थिए । आफूहरुको जायज माग प्रधानमन्त्रीलाई बुझाउन खोज्दा प्रधानमन्त्रीले समय नदिएको उनीहरुको आरोप छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान