शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

रास्वपा र विवेकशील साझाबीच आइतबार एकता

· बुधबार, १० मंसिर, २०८२ मा प्रकाशित
रास्वपा र विवेकशील साझाबीच आइतबार एकता
काठमाडौं, मंसिर १० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ । आइतबार राष्ट्रिय सभा गृहमा घोषणा सभा मार्फत औपचारिक रुपमा एकता गरिने जनाइएको छ ।

वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस गरेर नै रास्वपासँग एकीकरण गर्ने निर्णय गरिएको विवेकशील साझा पार्टीका उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले बताए । 

पार्टी एकीकरणका अन्य प्राविधिक विषयहरू भने दुवै दलका नेतृत्वले टुंगो लगाउने बताइएको छ । जेनजी आन्दोलनपछि दलहरु पनि धमाधम थपिँदै छन् भने पुराना तथा नयाँ दलहरुबीच एकता हुने क्रम पनि बढिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार