काठमाडौं, मंसिर ११ :

माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरू पम्प्लेटसहित प्रदर्शनमा उत्रिएका हुन्। 

उनीहरुले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको पाराले दु:ख पाए साराले भन्दै नारा समेत लगाएका छन् । उनीहरूले ‘जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी, ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’ लगायतका नारा बनाएका पम्प्लेट बोकेका छन् ।

जेनजीको बलमा बनेको वर्तमान सरकारविरुद्ध जेनजी समूहहरु नै रुष्ट बनेका छन् । जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले दैनिक जसो प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्दै आएको छ ।