शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
समाचार राजनीति कोसी प्रदेश

निष्पक्ष निर्वाचनका लागि शान्तिसुरक्षा सुदृढ हुनु आवश्यकः उपसभापति गुरुङ

· बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
निष्पक्ष निर्वाचनका लागि शान्तिसुरक्षा सुदृढ हुनु आवश्यकः उपसभापति गुरुङ
काठमाडौं, मंसिर ११ :

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सरकारले स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि शान्तिसुरक्षा सुदृढ गर्नुपर्ने बताएका छन् ।
    
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, कृषि विकास बैंकको दुईदिने आठौँ केन्द्रीय परिषद् भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उपसभापति गुरुङले दलहरुलाई कुनै अवरोधबिना आफ्ना गतिविधि गर्ने व्यवस्था भएमा मात्र निर्वाचन सफल एवं शान्तिपूर्ण रुपमा हुने धारणा राखे । ट्रेड युनियन प्रजातन्त्रको खम्बा भएको चर्चा गर्दै उनले कर्मचारीको ठूलो आन्दोलनका कारण मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएको धारणा राखे ।

कृषि विकास बैंकले किसानको हितमा कार्य गर्नुपर्नेमा उपसभापति गुरुङले जोड दिँदै यसमा सरकारको सधैँ साथ र सहयोग रहने विचार राखे।  उनले सिंहदरबार, सर्वोच्च अदालतलगायतका मुलुकका महत्वपूर्ण भवन तोडफोड एवं आगजनी गर्ने कार्यमा जेनजीको कुनै संलग्नता नभएको भन्दै यस कार्यमा अन्य शक्ति लागेको आरोप लगाए ।

बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले कर्मचारीको वृत्तिविकासमा बैंक सदैव सकारात्मक रहेको बताए । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले निर्वाचनलाई सफल बनाउने जिम्मेवारी सरकारको रहेको विचार राखे । नेपाल वित्तिय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर रावल, वरिष्ठ उपाध्यक्ष सिद्धिलाल मगिया, कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष जानुका पौडेल, कर्मचारी सङ्घका महासचिव लेखनाथ घिमिरे, कर्मचारी सङ्गठनका अध्यक्ष इन्द्रमणि घिमिरेलगायतले कर्मचारीको वृत्तिविकास एवं करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा सुझाव दिए।

सो अवसरमा उपसभापति गुरुङले सङ्घद्वारा प्रकाशित स्मारिका र गीत विमोचन गरे । परिषद्को भेलामा मुलुकका ७७ जिल्लाका  ९०० कर्मचारीको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार