
ललितपुर, मंसिर ११ :
शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार मङ्सिर १२ गते शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर १४ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए।