
काठमाडौं, मंसिर १२ :
नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दैछ ।
नेपाली कम्युनिस्ट पार्टी गठनपछि पहिलो पटक प्रदेश स्तरीय सन्देश सभा लिएर पार्टीले आज काठमाडौँ बाहिर सभा गर्न लागेको हो । विभिन्न वाम घटक मिलेर केही दिन अघि मात्रै नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो ।
सभामा पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल, नेता भीम रावल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टीले लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा गर्ने जनाएको छ । साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा गर्ने सो पार्टीले जनाएको छ।