काठमाडौं, मंसिर १३ :

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टी बीच एकता हुने भएको छ ।  

यही  मङ्सिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गरिने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

शुक्रबार साँझ बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले गरेको रास्वपासंग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावलाई स्वीकार गर्दै एकताको घोषणा गर्न लागिएको प्रवक्ता झाले बताए ।