
दाङ, मंसिर १३ :
नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनी प्रदेशअन्तर्गत दाङको देउखुरीस्थित लमहीमा एकता सन्देश सभाको आयोजना गर्दैछ ।
हिजो धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले आज दाङमा सभाको आयोजना गर्न लागेको हो ।
नेकपा माओवादी केन्द्र,नेकपा एस सहित दर्जन घटक मिलेर नेकपा गठन भएपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय अनुसार विभिन्न ठाउमा सभाको आयोजना गरिएको छ ।
दाङको लमहीमा हुने आजको सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,सहसंयोजक माधवकुमार नेपाल,भीम रावल,वर्षमान पुन लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेशका विभिन्न जिल्लाबाट नेता-कार्यकर्ता आउने क्रम जारी छ ।
नेकपाले अहिले आफ्नो सांगठानिक गतिविधिलाई देशव्यापी रूपमा अभियानकै रुपमा अगाडि बढाएको छ ।