शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
समाचार राजनीति कोसी प्रदेश

आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने हर्क साम्पाङको दाबी

· शनिबार, १३ मंसिर, २०८२ मा प्रकाशित
आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने हर्क साम्पाङको दाबी
संखुवासभा, मंसिर १३ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दाबी गरेका छन् ।

आज यहाँको खाँदबारीमा आयोजित सङ्गठन बिस्तार तथा जागरण सभामा उनले विगतका वर्षमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताए ।

अध्यक्ष साम्पाङले पार्टीले त्यही विकल्पका रूपमा अघि बढिरहेकाले पार्टीले जनसमर्थनसहित उल्लेख्य सफलता हासिल गर्ने जिकिर गरे ।

आफ्नो पार्टी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री पद्धतिको पक्षमा रहेको बताउँदै उनले भ्रष्टाचारविरुद्ध कठोर नीति अपनाउने बताए । “भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिइने छैन । हाम्रो सरकार सुशासन, पारदर्शिता र मितव्ययितामा आधारित हुनेछ”, अध्यक्ष साम्पाङले भने,“उत्पादन र निर्माणलाई प्राथमिकतामा राखेर देश आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य पार्टीले लिएको छ । उत्पादनमा वृद्धि गर्न नसक्दा ठूलो सङ्ख्यामा नेपाली बेरोजगार बन्नु परेको पीडा हामीलाई थाहा छ ।”

उनले गाउँगाउँमा सङ्गठन बलियो बनाउँदै सामाजिक र आर्थिक रूपान्तरणमा जुट्ने बताए।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार