
मंसिर १४ :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएका छन् ।
आज दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा उनले छलफलका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका हुन्। नेपाली काँग्रेस पार्टीमा अहिले नियमित महाधिवेशन र विशेष महाधिवेशनको मितिकव बिषयमा विवाद छ ।
उपसभापति पूर्णबहादुर खड्काले गरेको प्रयास सार्थक नभएपछि सभापति देउवा आफैँले बैठक आह्वान गरेका हुन् । आजको बैठकमा नेता डा शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको बताईएको छ ।
सभापति देउवा नै छलफलमा जुटेपछि महाधिवेशनबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ ।
सहमति नबन्दा कांग्रेसको बैठक पटकपटक सारिएको छ ।