काठमाडौं, मंसिर १४ :

आँबुखैरेनी–गोरखा सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बाह्रकिलो बजारमा रोकिराखेको ना ४ ख १२१९ नम्बरको बस अचानक गुडेर करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गोरखाबाट चितवनतर्फ जाँदै गरेको उक्त बस ड्राइभर ओट् नराखी झरेको समयमा ब्रेक नलागेर पछाडि तिर गुड्दै खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बसमा कति यात्रु थिए भन्ने यकिन भइसकेको छैन।

दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारका लागि गोरखा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।