काठमाडौं, मंसिर १५ :

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ। उनका पिता, आयुर्वेद चिकित्सक रामनारायण शाहको आज नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको छ। 

उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए । उनी मधुमेह र पिसाब संक्रमणले बिरामी थिए ।यो खबर थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् ।