
तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीले भदौ २३ गते सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाउँदा हताहती भएको दाबी गरेका छन् ।
सर्वोच्चलाई लिखित जवाफ दिँदै दुवाडीले सुरक्षाकर्मीहरूले आत्मरक्षा र हातहतियारको रक्षाका लागि गोली चलेको दाबी गरेका हुन् ।
शान्तिपूर्वक भेला हुने भनेर अनुमति लिएका प्रदर्शनकारीहरू सरकारी एवं सार्वजनिक क्षेत्रमा गएको र त्यसले सुरक्षाकर्मीका हातहतियार र गोलीगट्ठाको सुरक्षामा असर परेको हुँदा बल प्रयोग भएको उनको जवाफमा उल्लेख छ ।
उनले भने,‘शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीले कानुन बमोजिम आत्मरक्षा, हातहतियारको रक्षा गर्न सुरक्षा उपाय अपनाउनैपर्ने हुन्छ।’
उनले सुरक्षाकर्मीहरूले जिम्मेवारी निर्वाह गरेको विषयमा कसैले कारबाहीको माग गर्न नहुने बताए । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले दुवाडीलाई गृह मन्त्रालयबाट राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरेको थियो । उनी ७ मंसिरबाट अनिवार्य अवकाशमा गएका छन् ।