
काठमाडौं, मंसिर १६ :
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ। उनका ९५ वर्षीय पिता कुलबहादुर श्रेष्ठको आज बिहान काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको छ।
हृदयघात भएपछि अस्पताल पुर्याइएका श्रेष्ठलाई चिकित्सकले बिहान साढे ११ बजे मृत घोषणा गरेका थिए। स्वर्गीय श्रेष्ठको अन्तिम दाहसंस्कार आजै दिउँसो पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ।