सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
राजनीति

रवि लामिछानेले जेनजी प्रतिनिधि सुदन गुरुङलाई भने- ममाथि अन्याय भयो

वैकल्पिक शक्तिहरुको एकतामा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ मंसिर, २०८२ मा प्रकाशित
रवि लामिछानेले जेनजी प्रतिनिधि सुदन गुरुङलाई भने- ममाथि अन्याय भयो
काठमाडौं, मंसिर १८ :

जेन-जी प्रतिनिधि सुदन गुरुङ वैकल्पिक शक्तिहरुको एकताको प्रयासमा जुटेका छन् । 

यसैक्रममा उनले बिहीबार राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई  नख्खु कारागारमा भेटेर  वैकल्पिक शक्तिहरु मिलेर जानुपर्ने प्रस्ताव गरेका छन् । लामिछाने सकारात्मक रहेको उनले बताए।

भेटमा सभापति लामिछानेले आफूमाथि अन्याय भएको र अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भए पनि मुद्दाको छिटो छिनोफानो हुनुपर्ने कुरा राखेको गुरुङले सुनाए।

गुरुङले लामिछानेमाथि राज्यले गरेको व्यवहारले आफूसमेत दुःखी भएको बताए। उनले मुलुकको विकास गर्न भन्दै अगाडि बढ्ने मान्छेको चरित्र हत्या गर्ने र खुट्टा तान्ने प्रवृत्ति बढेको भन्दै त्यसको उदाहरण लामिछाने भएको पनि बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार