
काठमाडौं, मंसिर १८ :
जेन-जी प्रतिनिधि सुदन गुरुङ वैकल्पिक शक्तिहरुको एकताको प्रयासमा जुटेका छन् ।
यसैक्रममा उनले बिहीबार राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेर वैकल्पिक शक्तिहरु मिलेर जानुपर्ने प्रस्ताव गरेका छन् । लामिछाने सकारात्मक रहेको उनले बताए।
भेटमा सभापति लामिछानेले आफूमाथि अन्याय भएको र अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भए पनि मुद्दाको छिटो छिनोफानो हुनुपर्ने कुरा राखेको गुरुङले सुनाए।
गुरुङले लामिछानेमाथि राज्यले गरेको व्यवहारले आफूसमेत दुःखी भएको बताए। उनले मुलुकको विकास गर्न भन्दै अगाडि बढ्ने मान्छेको चरित्र हत्या गर्ने र खुट्टा तान्ने प्रवृत्ति बढेको भन्दै त्यसको उदाहरण लामिछाने भएको पनि बताए।