बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश मधेस प्रदेश

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ मंसिर, २०८२ मा प्रकाशित
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
जनकपुर, मंसिर १९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कंचन विच्छालाई निलम्बन गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाले राप्रपाको लिखित पत्रका आधारमा विच्छालाई निलम्बन गरिएको बताए ।

आज प्रकाशित सूचनामा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेशसभा कार्यसञ्चालनसम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम विच्छालाई निलम्बन गरिएको उल्लेख छ ।

विच्छालाई  पार्टीको नीतिविपरीत अनुशासन उल्लङ्घन गरेको भन्दै राप्रपाले पार्टी विधान २०४८ (संशोधनसहित) अनुसार छ महिनासम्म साधारण सदस्यबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय भएकोसमेत जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार