
काठमाडौं, मंसिर २० :
नेपाली कम्युनिष्ट पार्टी नेकपाले आज जनकपुरको तिरहुतिया गाछीमा सन्देश सभा गर्दैछ ।
नेकपाले जनकपुरमा आफ्नो उपस्थिति जनाउन आज दिउँसो १ बजे सन्देश सभा गर्न लागेको हो ।
सन्देश सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरु महिन्द्रा राय यादव, राजेन्द्र पाण्डे, मातृका यादवलगायतले सम्बोधन गर्ने तालिका छ । नेकपाले प्रदेशस्तरीय सन्देश सभा गरिरहेको छ ।