दाङ, मंसिर २० :

दाङको लमहीमा गोली चलेको छ । गोली लागेर १८ वर्षिय दिपक सुनार घाइते भएका छन् । उनी जुनतारा सुनचाँदी पसलका सञ्चालक हुन् ।अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान  छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। साथै प्रहरीले घटनामा संलग्न व्यक्ति पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ ।