जनकपुर, मंसिर २१ :

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्रीलाई आफ्नो मन्त्रिपरिषद्मा समावेश गरेका छन्।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमत पार्टीका महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिस पटेललाई मन्त्रीमा नियुक्त गरेका हुन्। 

नियुक्तामध्ये जनमतका महेश प्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ। कांग्रेसका राय र समाजवादीका पटेलको मन्त्रालय भने अझै निर्धारण गरिएको छैन। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन्। बाँकी मन्त्रलायको टुंगो विश्वासको मत पाएपछि गर्ने सरकारको तयारी छ ।