
प्रहरीले विराटनगरकी अंशु गौतम हत्या प्रकरणका अभियुक्तलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया बालिकाको हत्या आरोपमा उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।
हत्याको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)देखि जिल्ला प्रहरी कार्यालय मोरङ समेतको टोली हत्याका अभियुक्त पहिचान गरी पक्राउ गर्न सफल भएको छ ।घाँस काट्न गएकाहरुले कात्तिक ७ मा बेलबारी–चिसाङ साझेदारी वनभित्र शरिर क्षतविक्षत अवस्थामा अंशुको शव फेला परेका थिए ।
प्रहरीका अनुसार अंशुलाई पदमबहादुरले घाँस काट्न सघाइदिन भन्दै फकाएर जंगल लगेका थिए । पैसा दिन्छु भनेपछि उनी घाँस काट्न सघाउनका लागि तयार भइन् ।त्यसपछि पदबहादुरले उनलाई साइकलमा राखेर जंगलभित्र लिएर गए । जंगलभित्र सुनसान स्थानमा घाँस काट्दै गर्दा उनले बालिकालाई शारीरिक सम्बन्धका लागि प्रयास गरे । तर, उनले मानिन् । नमानेपछि जबरजस्ती करणी गरे । ‘जवरजस्ती करणीपछि हातले घाँटी थिचेर हत्या गरे ।
बालिकाको हत्यापछि शव घटनास्थलमै छाडेर उनी सामान्य अवस्थामा जस्तै गरी घाँसको भारी लिएर घर फर्किएका थिए । पदमबहादुर सामान्य अवस्थामा जस्तै घर फर्किए । आफैंले हत्या गरेका अंशुलाई खोज्न उनै पदमबहादुर अघि सरे,एक प्रहरी अधिकारी बताउँछन् ।