शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
राजनीति

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता : २७ बुँदे मागबारे छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ मंसिर, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता : २७ बुँदे मागबारे छलफल
काठमाडौं, मंसिर २२ :

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच वार्ता भएको छ । प्रसाईं समूहले अघि सारेका २७ बुँदे मागका विषयमा छलफल केन्द्रित भएको छ । प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक, धार्मिक स्वतन्त्रता र शान्ति-सुरक्षासम्बन्धी विषयमा विस्तृत छलफल गर्न प्रसाईंलाई आजका लागि समय दिएकी थिइन्।

वार्तामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रसाईं पक्षका १९ जना प्रतिनिधि सहभागी छन्। प्रसाईं समूहका मुख्य मागहरूमा वर्तमान संविधान खारेज गरी नयाँ संविधान निर्माण, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख व्यवस्था लागू गर्ने, राजसंस्था पुनर्स्थापना, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने, तथा विदेशी प्रभावबाट राष्ट्रियता जोगाउन कडाइ गर्नेजस्ता विषयहरू समावेश छन्।

यी मागहरू गत मंसिर ६ गते नै गृहमन्त्रीलाई बुझाइसके पनि कार्यान्वयन नभएको भन्दै प्रसाईंले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। माग पूरा नभए चरणबद्ध आन्दोलन थप सशक्त पार्ने प्रसाईं समूहले चेतावनी दिइसकेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार