
काठमाडौं, मंसिर २२ :
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् ।
वार्ताका लागि सोमबार सिंहदरबार पुगेका प्रसाईंले प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका हुन् । उनले दुर्गा माताकै रुप धारण गरेर काम गर्न पनि प्रधानमन्त्री कार्कीलाई सुझाव दिए । प्रसाईंले भने, ‘मैले भनेका कुरामा सरी भन्छु । माफी माग्छु।’
प्रसाईं समूहबाट वार्तामा १९ जना सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयले केही दिनअघि पत्र पठाएर प्रसाईंलाई वार्ताका लागि आह्वान गरेको थियो ।