
नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश शान्तिसिंह थापा र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार घिमिरेलाई सफाइ दिएको हो ।
तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पालामा घिमिरेविरुद्ध सर्वोच्च प्रशासनले अवहेलना मुद्दा दर्ता गरेको थियो । घिमिरेविरुद्धको अवहेलना मुद्दामा तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध भ्रामक, आधारहीन अभिव्यक्ति दिएको दाबी गरिएको थियो ।
न्यायपरिषद्को २०८१ असोज ११ को बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको भन्ने अभिव्यक्ति दिएका थिए ।