काठमाडौं, मंसिर २३ :

काठमाडौं जिल्ला अदालतले तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जीन दावा लामालाई धरौटीमा छाड्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरूद्ध लिखतसम्बन्धी कसुर र लागुऔषधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

त्यस्तै लागुऔषध सम्बन्धी कसुरमा भने २० हजार रुपैयाँ माग भएको थियो । अभद्र व्यवहारको कसुरमा पक्राउ परेका उनीमाथि नागरिकता पनि अनुसन्धान गरेको थियो ।जेन-जी आन्दोलनपछि हतियार देखाउँदै गरेको भिडियो भाइरल हुन थालेपछि दावा स्वयम् प्रहरीको सम्पर्कमा पुगेका थिए ।