काठमाडौं, मंसिर २४ :

नेपाल विद्युत् प्राधिकरणमा पुनर्बहाली भएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज बिहान १० बजे पदबहाली गर्दैछन्।

सोमबार सर्वोच्च अदालतले  प्राधिकरणमा पुनर्बहाली गर्न आदेश दिएसंगै आज उनले पदबहाली गर्ने भएका हुन् ।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।