रुपन्देही, मंसिर २४ :

प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । उनलाई बहुविवाहको कसुरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताएका छन् । 

उनीमाथि ३ दिनको म्याद थपेर अनुसन्धान भइरहेको बताइको छ । उनकी दोश्रो श्रीमतीको बारेमा  खोजी कार्य भइरहेको पनि बनाइएको छ ।