काठमाडौँ,  साउन १७:  सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक अहिले गृह मन्त्रालयमा जारी छ । 

बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री रमेश लेखक, नेकपा एमाले मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा हुनुहुन्छ । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी हुनुहुन्छ ।