काठमाडौं, मंसिर २५ :

साफ वुमेन्स क्लब च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको खेलमा  इस्ट बंगालले लगातार दोस्रो जित निकालेको छ ।

लगातार दोस्रो जितपछि इस्ट बंगालको ६ अंक भएको छ र पाँच टिममध्ये शीर्ष स्थानमा रह्यो । दशरथ रंगशालामा भएको खेलमा उसले कराँची एफसीलाई २–० ले पराजित गर्‍यो ।

कराँचीको भने तीन खेलबाट २ अंक छ र तेस्रो स्थानमा छ । उसले अहिलेसम्म एउटै गोल गर्न सकेको छैन ।